२०८२ असार ३० गते मङ्गलवार

युवा रेडक्रस गाेष्ठी उद्घाटन


तुलसीपुर ,मंसिर ७ । नेपाल रेडक्रस साेसाइटी जुनियर युवा रेडक्रस गाेष्ठीकाे उदघाटन गरिएकाे छ ।

जुनियर युवा रेडक्रस संयाेजक भीमलाल मरासिनीकाे अध्यक्षता एवम नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा ३३ औं गाेष्ठीकाे उदघाटन गरिएकाे हाे ।

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले नयाँ पुस्तालाई मानवीय सेवामा उभ्याउनका लागि रेडक्रस साेसाइटीकाे अहम भूमिका रहने बताए ।

उनले विद्यालयबाटै विद्यार्थीहरुलाई मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी दाङ शाखाका सभापति मदन गाैतम, तुलसीपुर उपमहानगरपालिका वडा न १३ का वडाध्यक्ष माेहन पाैडेल, नेपाल रेडक्रसका उपसभापति हरिहर पाैडेल,नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पाैडेल, रेडक्रस साेसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्रीबन्धलगायत जहाँ दुःख त्यहा रेडक्रस, विद्यार्थीहरुलाई विपद् मानवीय सेवाका साथै कुलत,दुर्व्यशनी,प्राथमिक उपचारका विषयमा प्रशिक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लाका ५० बढी विद्यालयका शिक्षक नायब,विद्यार्थीहरुकाे सहभागिता रहेकाे छ ।

नेपाल रेडक्रस साेसाइटी दाङ शाखाकाे आयाेजना तथा जनज्याेति मावि तुही रनियापुरकाे आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त बुढाथाेकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संकलित रकमका बारेमा अरुण नेपालीले प्रस्तुत गर्नुभएकाे थियाे भने सञ्चालन शिक्षक मधु नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *