२०८२ असार ३० गते मङ्गलवार

तुलसीपुरमा मनाइयाे अन्तराष्ट्रिय बालदिवस


तुलसीपुर, मङ्सिर ५ । बालबालिकामा लगानी सुनिश्चित भविष्यकाे थालनी भन्ने नाराका साथ तुलसिपुर उपहानगरपालिकाकाे आयाेजनामा अन्तराष्ट्रिय बाल दिवसका मनाइएकाे छ ।

दिवसका अवसरमा चित्रकला प्रतियाेगिता आयाेजना गरिएकाे थियाे ।

तुलसीपुर उपमहानगरस्तरी कार्यबाहक अध्यक्ष प्रशंसा केसीकाे अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा नगरप्रमुख खड्काले बालबालिकाहरुले चित्रमार्फत समाजकाे चेतना अभिव्यक्त गर्न खाेजेकाे बताए । उनले बालबालिकाहरुमार्फत पालिकाभित्र चित्रकारकाे खाेजी सुरु गरिएकाे बताए ।

नगरप्रमुख खड्काले चित्रमार्फत् विभिन्न सकारात्मक चिन्तन प्रस्तुत गर्न खाेजिएकाे बताए ।

प्रतियाेगितामा मावि सेन्टर कक्षा ९ का छात्र निरज लामिछाने प्रथम,हाम्राे पहुँच सेकेन्डरी बाेर्डिङ कक्षा १० का छात्रा मान्सी भण्डारी द्वितीय, शिखा बाेर्डिङ स्कुल कक्षा ९ का छात्र वीरेन्द्र बबाल मगर तृतीय र डिभायन टेम्पल बाेर्डिङ स्कुल कक्षा १० का छात्रा साक्षी शाहले शान्त्वना स्थान हासिल गरेका थिए । विजयी छात्र छात्राहरुलाई पुरस्कृत गरिएकाे थियाे ।

कार्यक्रममा सामाजिक विकास समिति संयाेजक मानबहादुर रावतले बालबालिकाहरुकाे प्रतिभालाई उजागर गर्नका लागि चित्रकला प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।

वडा न १६ का वडाध्यक्ष शिवानन्द डाँगीले मन्तव्य व्यक्त गरेका थिए । प्रतियाेगितामा २१ वटा विद्यालयका छात्र छात्राहरुकाे सहभागिता रहेकाे थियाे ।

निर्णायक मण्डलहरुमा माया श्रेष्ठ, मनबहादुर खड्का र सन्ताेष परियार रहेका थिए ।
कार्यक्रमकाे सञ्चालन करुणा बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *