२०८२ असार ३० गते मङ्गलवार

राजकुमार हमालको जिल्ला खेलकुदको अध्यक्षमा पुर्नंबहाली

तुलसीपुर , मंसिर ५ । राजकुमार हमाललाई अदालतले दाङ जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष पुर्नंबहाली गरि दिएको छ ।

उच्च अदालत तुलसीपुरले बुधबार हमाललाई अध्यक्षमा पर्नुंबहाली गरिदिएको हो ।
हमालको पदाबधि चार बर्ष नपुग्दै झन्डै ४ महिना पहिले लुम्बिनी प्रदेश खेलुकुद बिकास समितिले पत्राचार गर्दै हमाल नेतृत्वको समितिलाई पदमुक्त गरेको सूचना दिएको थियो ।

लुुम्बिनी प्रदेश सरकारले हमाल नेतृत्वको जिल्ला खेलकुद बिकास समितिलाई हटाउने निर्णय गरे पछि प्रदेश खेलकुद बिकास समितिले पत्राचार गरेको थियो ।
त्यसका बिरुद्ध मंगलरबार मात्रै हमालले पदाबधि भन्दा पहिलै आँफुलाई अन्यायपूर्वक हटाइएको भन्दै अदालत निबेदन दर्ता गराएका थिए ।

बुधबार त्यसमाथि निर्णय सुनाउँदै अदालतले उचित सुनुवाइको मौका नदिएर आँफुखुसी हटाइएको भन्दै त्यसो गर्न नमिल्ने हुँदा हमाललाई जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष पदमा पर्नुंबहाली गरिदिएको हो ।

अदालतले पुर्नबहाली गरिदिएपछि अध्यक्ष हमालले बुधबार बेलुका नै अधिबक्ता प्रबणि लम्साललाई साथमा लिएर पदबहाली गरेका छन् । तुलसीपुर उपमहानगरपालिका – १८ बेलझुण्डी रंगशालास्थित कार्यालयमा पुगेर उनले पदबहाली गरेको बताए ।


नेपाली काँग्रेस निकट हमाल काँग्रेसकै सिफारिसमा यसअघि जिल्ला खेलुकद बिकास समितिको अध्यक्ष बनाइएका थिए । राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक परिवर्तन संगै उनलाई पदाबधि नपुग्दै हटाउने निर्णय गरिएको हुँदा त्यसका बिरुद्ध आँफु अदालत गएको र अदालतले न्याय दिएको अध्यक्ष हमालले फरककोणलाई प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *