दाङ, मंसिर ५ । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सात मध्य बुधबार पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
चार स्वतन्त्रसहित नेकपा (एकीकृत समाजबादी) का उम्मेदवारले दिउँसो तीन बजे अघि नै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यसअघि उम्मेदवारी दिएका मध्य पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि अब नेपाली कांग्रेसको रुख चिन्हवाट उम्मेदवार बनेकी नेकपा (एमाले)की केशकुमारी तुलाचन र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार नरपुरा बुढाको बीचमा मात्रै प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेसको रूख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन ।
रुकुम पूर्वमा अनौंठो गरि एमाले नेतृ सहमति पछि काँग्रेसको चुनाब चिन्हबाट निर्वाचन लड्न लागेकी हुन ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अपरेटर गेहेन्द्र कँवरका अनुसार मंसिर २ गते गाउँपालिका उपाध्यक्ष पदका लागि नेकपा (एकीकृत समाजबादी) बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) को उम्मेदवारी दिएका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन । उनको गत भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो।