२०८२ असार २७ गते शनिवार

दंगीशरण – ६ का प्राबिधिक रामबहादुर केसी किन सम्पर्क बिहिन बने ?

तुलसीपुर , मंसिर ४ । दंगीशरण गाउँपालिका वडा नं. – ६ का भौतिक पूर्वाधार तर्फका करार सेवाका प्राबिधिक रामबहादुर केसी अढाइ महिना लामो समयदेखि सम्पर्क बिहिन छन् । उनले यसअघि प्रयोग गर्दै आएका तीन वटै मोवाइल फोनहरु स्वीच अफ छ्न ।


उनले सरकारबाट मासिक ३० हजारसम्म तलब सुविधा बुझ्दै आएका थिए । उनले साउन महिनासम्म तलब बुझेका थिए ।
कुनै सूचना वा जानकारी बिना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेपछि वडा कार्यालयले गाउँपालिका प्रशासन शाखामा कात्तिक ७ गते पत्रचार गरि त्यसबारे अबगत गराएको थियो ।

वडा कार्यालयले आफ्ना प्राबिधिक रामबहादुर केसी भदौ १६ गतेदेखि कार्यालय नआएको भन्दै पत्रचार गरेको थियो ।
वडाको पत्र पछि बसेको गाउँसभाले ३५ दिन बढी कुनै सूचना बिना नै काममा नआएको भन्दै सेवावाट निस्कासित गर्ने निर्णय पारित गरेको थियो ।

शान्तिनगर गाउँपालिका – ३ घर भएका नेकपा (एमाले) निकट मानिने वडाका प्राबिधिक केसी किन सम्पर्क बिहिन बनेका हुन ? त्यसको प्रमुख कारण उनको शैक्षिक योग्यतालाई मानिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन ३० गते दंगीशरण गाउँपालिकाको प्रशासन शाखालाई पत्रचार गर्दै प्राबिधिक केसीको शैक्षिक प्रमाणपत्र १५ दिन भित्र पेश गर्नु भन्ने ताकेता गरेको थियो । प्रशासन शाखाले प्राबिधिक केसीलाई अख्तियारको पत्र जस्ताको त्यस्तै पत्राचार गरेको थियो । त्यसपछि केसी भदौ १५ गतेसम्म कार्यालय गए । तर, अख्तियारले तोकेको समय सीमा सकिएकै दिन मोवाइलको स्वीच अफ गरि भदौ १६ गते पछि कार्यालय आएनन् ।

प्राबिधिक हुनका लागि प्राबिधिक शिक्षा उत्तीर्ण गरेको हुनु पर्छ । सवओभरसियरले १५ महिने कोर्ष उत्तीर्ण गरेको हुनु पर्छ भने ओभरसियरका लागि ३ बर्षे सोही कोर्ष ।

राजनीतिक पहुँच र भनसुनका आधारमा साबिक जिल्ला बिकास समिति मार्फत करार सेवामा प्राबिधिक फाँटमा काम गर्दै आएको भएपनि उनी संग ती शैक्षिक योग्यताहरु नभएका कारण उनी सम्पर्क बिहिन बनेको हुन सक्ने आशंका गरिएको छ । प्राबिधिक रामबहादुर साबिक हेँकुली गाविस छँदापनि सोही पदमा कार्यरत रहँदै आएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *