२०८२ कार्तिक २४ गते सोमवार

दुर्गा प्रसाईं फेरि पक्राउ

दाङ, मंसिर ४ । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।


उनी यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए । उतिखेर नौं दिन पछि उनी रिहा भएका थिए । उतिखेर जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले मंगलबार फेरि भक्तपुरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई साइबर अपराध मुद्दामा फेरि नियन्त्रणमा लिएको हो।
ब्यबसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको दोषारोपन गरेका थिए ।

त्यसको ‘प्रमाण’ भन्दै अपुष्ट स्क्रिनसट सार्वजनिक गरेका थिए। सोही आरोपमा उनी पक्राउ परेका हुन ।

ब्यबसायी प्रसाँइले केही समय यता ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दै बिभिन्न ब्यक्तिहरुलाई आपत्तिजन आरोपहरु लगाउँदे आएका पनि थिए ।
यतिखेर फेरि साइबर अपराध मुद्दामा उनी पक्राउ परेका हुन ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *