२०८२ असार ३१ गते बुधवार

रुकुमपश्चिममा चिर्पट प्रहारबाट श्रीमानको हत्या


रुकुमपश्चिम,मंसिर ४ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीकी ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान मधु कुमालको हत्या गरेकी छिन् ।

आज बिहान दीपाले श्रीमानको टाउकोमा चिर्पट प्रहार गर्दा मधुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।

सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ ।

शव भने परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *