२०८२ कार्तिक २८ गते शुक्रवार

सिंचाई मन्त्री चौधरीले गरिन सिंचाई आयोजनाको अनुगमन

प्रेमबहादुर राम्जा, हापुरे, मंसिर ३ । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिंचाई आयोजनाहरुको अनुगमन गरेकी छन् ।

मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिंचाई आयोजनाको अनुगमन भएको हो । बर्षाको समयमा क्षति भएका र प्रदेश सरकार मार्फत निर्माण थालिएका विभिन्न सिंचाई आयोजनाको अनुगमन गरिएको हो ।

अनुगमन पछि मन्त्री चौधरीले सिंचाई आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाइन ।
मन्त्री चौधरीले बबई – ५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिंचाई जल उपभोक्ता समुहको कुलो, बबरपुर सिंचाई कुलो, च्याटीखोला पुर्ब हापुरे सिंचाई कुलो र बबई – ७ मा रहेको मठेउरी सिंचाई कुलोको अनुगमन गरेकी हुन ।

चार वटा कुलाले सयौँ बिगाहा जग्गामा सिंचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिंचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाएकी थिइन ।

प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिंचाई पु¥याउने लक्ष्य लिएको मन्त्री चौधरीले बताइन । बबईमा रहेका ठूलो सिचाई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाइन ।

अनुगमनका क्रममा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पूर्ब अध्यक्ष भुबनेश्वर पौडेल, बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, नोखी डाँगीलगायत स्थानीय उपभोक्ताहरुको सहभागीता थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *