
कपिलबस्तु, असार ३ ।
कपिलवस्तुको सुरई नदीमा डुबेर तीनजना युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका २ हल्लानगर नजिकै रहेको सुरई खोलामा पौडी खेल्न गएका उनीहरुको मंगलबार दिउँसो डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिजयनगर गाउँपालिकाको वडा नम्वर ६ निवासी तीन युवाहरुमध्ये आशिक भट्टराई, निराजन भुसाल र सुमित सुनारको मृत्यु भएको छ । उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न भनि गएका थिए । मृतक सबै २२ बर्षभन्दा कम उमेरका रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार
