दाङ, मंसिर २ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा रोल्पाको रुन्टीगढी गाउँपालिका – ४ मा ६ दलले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट भूपमणि पुन मगर, नेकपा (एमाले)बाट बेगम पुन मगर, नेकपा (माओबादी केन्द्र)बाट नरेशजंग सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमबहादुर पुन र मंगोल नेसनल अर्गनाइजेसनवाट पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अप्रेटर गेहेन्द्र कँवरले जानकारी दिए ।
यो वडामा २०७९ बैशाख १० गतेको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका टंकबहादुर पुन निर्वाचित भएका थिए ।
उनको स्क्रब टाइफसका कारण उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । स्वर्गिय पुन निकटतम प्रतिष्पर्धा भन्दा जम्मा ८ मतान्तरले मात्रै निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार