२०८२ साउन १ गते बिहिवार

तुलसीपुरबाट ब्राउन सुगरसहित तीन युवक पक्राउ

तुलसीपुर, मंसिर २ । तुलसीपुरबाट तीन युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


भारतको बहराइच जिल्ला रुपैडिहा घर भइ हाल नेपाल दाङको तुलसीपुर उपमहानगरपालिका – ६ मदन आश्रित चोक नजिक कोठा भाडामा बस्ने ३४ बर्षीय इरफान राइले पोलेपछि अरु थप दुई जना पक्राउ परेका हुन ।
शनिबार दिउँसो २ बजेतिर नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडीमा सवार राइ चेकजाँचका क्रममा तुलसीपुर – १३ दमारगाउँस्थित प्रहरी चेकपोष्टमा पक्राउ परेका थिए ।


उनको साथबाट ३ ग्राम ८ सय २१ मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो । भारतीय नागरिक राइमाथि अनुसन्धानका क्रममा उनको बयानका आधारमा प्रहरीले तुलसीपुर – ६ का २८ बर्षीय मनोज सुनार र १९ बर्षीय रञ्जित बुढाथोकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।


पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *