गंगटे, मंसिर २ । नेपाली कांग्रेसको सय दिने संगठन सुदृढिकरण अभियान गंगटेमा भयो । स्थानीयबासीले जनप्रतिनिधिका कामबाट असन्तुष्ट सुनिए ।
उनीहरु एकातिर निकुन्जबाट आउने बन्यजन्तुका कारण े त्राहीत्राही सनिएभने अर्कौ तर्फ गंगटेको समग्र विकाशमा स्थानिय सरकार नै वेखवर रहेको धारणा ब्यक्त गरे ।
नेपाली काँग्रेस दाङका सभापतिसहित काँग्रेस नेताहरु गंगटे पुग्दा त्यहांका स्थानीयले सवैभन्दा ठूलो त्रास र पीडा निकुन्जबाट आउने जंगली जनावरको आतंकलाई औंल्याए ।
त्यो रोक्नका सरकारसंग पहल गर्न कांग्रेसको घरदैलो अभियानमा स्थानीयले माग गरे ।
उनीहरुले जनताको दैनिक जनजिविकालाई सुरक्षित बनाउन निकुन्जमा तारबार गर्न र ववई नदीमा पक्कि तटवन्ध निर्माण गर्न माग गरेका थिए ।
ववइ गाउपालिका – १ का स्थानीय पोखरसिंह बुढाले जंगली जनावरले बर्षभरी गुजारा गर्न फलाएको अन्नवाली स्याहार्ने नदिने समस्याबाट मुक्ती दिने विकल्प खोज्न नेताहरु संग आग्रह गरे ।
‘हामी एकातिर निकुन्ज क्षेत्रबाट आउने वाघ, बदेल र बाँदरबाट आतंकित छौं भने अर्कातिर हामीलाइ विकाशको अनुभुति पनि हुन सकेको छैन,’ स्थानीय रामवहादुर पुनले भने ।
गंगटेलाई केही अघि मात्र सडक यातायातले छोएपनि निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि बर्षा सुरु भएपछि यहाँ मोटरगाडी चल्न सक्दैनन् ।
यातायात सुविधा नहुदा स्थानियबासीलाई निकै कठिनाइ भैरहेको उनले बताए । ‘सुत्केरी वेथाले च्यापेका गर्भवतीलाइ एम्वुलेन्समा अस्पताल लैजान पनि समस्या छ,’ रामवहादुरले भने, ‘यहां आउने वाटो वाह्रै महिना चल्ने बनाउन विनर्म आग्रह गर्दछु ।’
गंगटेबासी विरामी परेमा वा सुत्केरी व्यथाले च्यापेमा लौकाको साहेतामा ववई नदी तरेर शम्शेरगन्ज हुँदै कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।
गंगटेमा सहज रुपमा सफा पिउने पानीको समस्या रहेको, विद्युतको नियमितता नभएको, टेलिफोन सेवा पनि मस्कीलले सन्चालन हुने लगायतका समस्यै समस्या रहेको उनले बताए । स्थानीय सरकारलाई जति गहारेपनि त्यस्ता समस्या समाधान नभएको भन्दै उनीहरुले असन्तुष्टि पोखे ।
‘ यहाँ स्थानीय सरकारको कुनै उपस्थितिनै छैन,’ रामवहादुरले भने ‘ गंगटे संधै राज्यको नजरमा उपेक्षामा छ ।’
कांग्रेसको सय दिने अभियानमा पार्टी संगठन सुदृढिकरणको भन्दापनि स्थानीयले समावेसी एवं समानुपातिक विकाशको लागि अपिल गरिदिन आग्रह गरेका थिए ।
राजनीतिलाई विकाश निर्माणसंग जोड्न सकेमात्र गंगटेबासीको अपेक्षा पुरा हुने उनीहरुले बताएका थिए ।
कांग्रेस ववइ गाउँपालिका – १ का इकाइ सभापति डिल्लीवहादुर विष्टको अध्यक्षतामा भएको सय दिने अभियानलाई संबोधन गर्दै प्रमुख अतिथी कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीले गंगटेको समस्यामा नेपाली कांग्रेस सधै सकारात्मक रहेको बताएका थिए ।
‘तपाँइका यावत समस्यामा नेपाली कांग्रेस दाङ संगसंगै छ र यहांको समग्र विकाश निर्माणका लागि संघ र प्रदेशमा आवाज उठाउने छु,’ डांगीले भनेका थिए ।
गंगटेको समग्र विकाशमा सवैभन्दा बढी नेपाली कांग्रेस चिन्तित रहेको भन्दै वगरपुरदेखि गंगटे आउने सडकलाइ वाह्रै महिना गाडी चल्ने बनाउन तीनै तहका सरकार समक्ष पहल गर्ने उनले आश्वासन दिएका थिए ।
गंगटेमा आयोजित नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गतको घरदैलो कार्यक्रमको संयोजन नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विमल रिजालले गरेका थिए ।
कार्यक्रममा विषय प्रवेश गराउदै महाधिवेशन प्रतिनिधि विमल रिजालले गंगटेको समस्याप्रति नेपाली कांग्रेस गम्भीर रहेको बताउदै गंगटेमा यातायात, खानेपानी तथा स्वास्थ्य सेवाका विषयमा कांग्रेसले सधै सकारात्मक भुमिका निर्वाह गर्ने बताएका थिए ।
उनले मंसिरको अन्तिम साता नेपाली कांग्रेस दाङ र तुलसीपुर सिटी अस्पतालको आयोजनामा गंगटेमा विशेषज्ञसहितको निशुल्क शिविरको आयोजना गर्ने जानकारी गराएका थिए ।
कांग्रेस हरेक जनताको सुख दुःखमा साथ दिने पार्टी भएको भन्दै महाधिवेशन प्रतिनिधि रिजालले गंगटेको समृद्धिका लागि काँग्रेसले हरतरहले प्रयास गर्नेपनि बताएका थिए ।
कार्यक्रममा कांग्रेस निर्वाचन क्षेत्र नं. – ३ (ख) का सभापति खिमवहादुर वली, क्षेत्रीय सचिव पुर्णवहादुर केसी, जिल्ला सदस्य शंकरप्रसाद शर्मा, ववइ गाउँ इकाइ सभापति प्रकाश बस्नेत, उद्योग व्यापार समिति दाङका सदस्य दुर्गाबहादुर खड्का लगायतले सय दिने अभियानका विषयमा चर्चा गरेका थिए ।
जिल्लाका सबै एकसयवटै वडाहरुमा काँग्रेसले अभियानका लागि प्रतिनिधि खटाएको छ । अभियानको सहजीकरण ववई गाउपालिका कार्यपालिका सदस्य मोतिसरा विकले गरेका थिए ।

