२०८२ असार ३० गते मङ्गलवार

सहिंष्णुता संस्कृतिको बिकासका लागि अभियानको आबश्यक


सुशील बस्नेत,तुलसीपुर, मंसिर २ । स्वार्थका लागि तानातानको बिकास मानवमा बढदै जादा सहिंष्णुताका लागि अभियान नै सञ्चालन गर्नुपर्ने अबस्था सृजना भएको अधिकारको क्षेत्रमा काम गर्ने ब्यक्तिहरुले बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार तुलसीपुरमा आायोजना गरेको २९ औ अन्तराष्ट्रिय सहिंष्णुता दिवसको अवसरमा नागरिक संवादमा उनीहरुले सामाजिक न्यायका लागि अभियानलाई तिव्र पार्नुपर्ने सुझाब दिएका हुन ।

नोभेम्वर १६ का अवसरमा प्रत्येक बर्ष मानव अधिकार तथा शान्ति समाजले बिबिध कार्यक्रम गर्दै आएकोमा यसपटक भने नागरिक संवादको आयोजना गरेको थियो ।

सो अवसरमा हिन्दु,मुस्लीम,क्रिष्चीयन, बौद्ध धर्मालम्वीका साथ दलित र महिलाबाट संयुक्त दिप प्रज्वलन गरी नागरिक संवादको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनाानी टिकाराम रेग्मीले यो दिवस जातजाति,धर्म,लिङ,वर्ग र समुदायलाई आपसमा जोड्नका लागि मनाईने गरेको भएपनि शान्ति समाज बाहेक अरुले त्यति धेरै महत्व नदिएको भन्दै दुख ब्यक्त गरे।

मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले तयार पारेको अवधारणा प्रस्तुत गरेका थिए ।

उक्त अवधारणका आधारमा बक्ताहरुले आ आफ्ना भनाई राखेका थिए । सहिष्णुताको महत्वका बारेमा दलित नागरिक समाजका संयोजक छवि परियार, बौद्धधर्मालम्वि गुरुङ समुदायका मोहन गुरुङ,उच्च अदालत बार एशोशियसनका उपाध्यक्ष श्रीराम चौधरी, मानव अधिकार तथा शान्ति समाजका पूर्व उपसभापति मोहन धिताल,दलित मानव अधिकार तथा सञ्चार अभियानका महासचिव सन्तोष चनारा, तुलसीपुर शान्ति महिला नमुना संसदका सभामुख सीमा न्यौपाने,ओरेक नेपाल दाङका कल्पना चौधरी, अपाङ समाज सुधार केन्द्रका हुमाकान्त कँडेल,जेष्ठ नगारिक समाज लुम्बिनी प्रदेशका खुमानन्द अधिकारी,नेपाल पत्रकार महासंघका सहसचिव दिप्तीशिखा चौधरी,पत्रकार यमकला भुषाल,शान्ति समाजका मधुसुदन गौतम,भिमलाल मरासीनि,मान बहादुर बस्नेत लगायतले आ आफ्ना भनाई राख्दै सहिष्णुताको संस्कृतिको बिकासका लागि अभियाननै चलाउन बिशेष जोड दिए ।

शान्ति समाज दाङका सदस्य निर्मला गौतमको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण सचिव माधव बस्नेतले गरेका थिए ।

सन् १९९६ मा संयुक्त राष्ट्रसंघ महासभाको प्रस्ताव नम्बर ५१÷९५ अनुसार राष्ट्रसंघले आफ्ना सबै सदस्य राष्ट्रहरूलाई नोभेम्वर १६ को दिन सहिष्णुताका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रण गरेको थियो ।

अन्तराष्ट्रिय सहिष्णुता दिवसको मुख्य उदेश्य बढदै गएको अत्याचार,हिंसा र अन्यायलाई रोक्न र मानिसलाई सहनशीलता र सहिष्णुताको जागरुक बनाउनु हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *