तुलसीपुर,मंसिर १ । किवानीज क्लव अफ लर्ड बुद्ध तुलसीपुरका २०२४/ ०२५ को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लवको अध्यक्षमा रासस प्रमुख नारायणी रजौरेलाई पद हस्तान्तरण गरिएको छ ।
किवानीज क्लवको शुक्रबार तुलसीपुरमा भएको पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष नारायणी रजौरेलाई अध्यक्ष पदमा र क्लवको वरिष्ठ उपाध्यक्षमा दामोदर वस्नेत ( राकेश) लाई पदभार ग्रहन गराईएको थियो ।
निर्वतमान अध्यक्ष बंशीकुमार शर्माले २०२४/ ०२५ का लागि माईन्यूट हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए ।
यस्तै सचिवमा प्रेम बहादुर घर्ती मगर, सह–सचिवमा विमल गौतम, कोषाध्यक्षमा शुसीला शाह रहेका छन ।
यस्तै क्लबको सदस्यहरुमा ध्रुवराज न्यौपाने, पदम वली, खम बुढा, हरीभक्त डांगी, चुर्ण वली, छवी वस्नेत, ललीत पोख्रेल लगाएतका रहेका छन ।
क्लबले पहिलो बैठक बाट एक उपाध्यक्ष र नयाँ दुई सदस्य मनोनीत गर्ने जनाएको छ ।
साे अवसरमा पदभार ग्रहन गर्दै अध्यक्ष रजाैरेले यहाँ सम्म पुर्याउँन सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि सहयाेग पाउने अपेक्षा रहेको बताइन ।
सामाजिक कार्य गर्ने उद्धेश्यले संचालनमा आएको क्लवले महिला,बालबालिका,जेष्ठ नागरिक ,असाहयहरुको क्षेत्रमा काम गर्दै आएको छ ।
