२०८२ कार्तिक २४ गते सोमवार

यी हुन नक्कली नोटसहित पक्राउ परेका चार जना

तुलसीपुर, कात्तिक ३० । तुलसीपुरबाट नक्कली नोटसहित पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरु मध्य तुलसीपुर उपमहानगरपालिका – १० का ३० बर्षीय राममणि चौधरीलाई प्रहरीले मुख्य अभियुक्त मानेको छ ।

उनले काठमाडौंबाट ती जाली नोटहरु ल्याइ अन्य युवाहरुलाई दिएको प्रहरी अधिकारीहरु बताउँछन् । चौधरी बिगतमा ज्यान मुद्दा चलेका ब्यक्तिपनि रहेको जानकारी दिइएको छ । उनी काठमाडौं बस्दै आएका थिए ।


अन्य तीन जनामा तुलसीपुर – ८ का १७ बर्षीय सुमन बिक, तुलसीपुर – ९ दोघरेका १९ बर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका – ४ घर भइ तुलसीपुर – ९ बेलुवा बस्दै आएका १७ बर्षीय शिशिर बिक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


बिहीबार राति ९ बजेतिर तुलसीपुर – ५ बसपार्क क्षेत्रको पिपलबोट नजिकै पसलमा नक्कली नोटको कारोबार भइ रहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक राज खत्रीको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।


उनीहरुको साथबाट नेपाली रुपैयाँ एक हजारका १२ थान नक्कली नोटहरु फेला परेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् । उनीहरुको साथबाट एउटा बुलेट र अर्कौ टुट्वान्टी मोटरसाइकलपनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।


घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *