२०८२ असार २७ गते शनिवार

तुलसीपुर शान्ति महिला नमूना संसदको कार्य सम्पादन समितिको बैठक सम्पन्न


तुलसीपुर,कार्तिक २९ । तुलसीपुर शान्ति महिला नमूना संसदको कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

बिहीबार तुलसीपुरमा बसेकाे बैठकले उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमको सुक्षम बिश्लेषण तथा समिक्षा गरेको छ ।

२०८० चैत महिनामा ३३ बुँदे ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पेश गरिएको थियो ।

साेहि सुझाव तथा ध्यानाकर्षण पत्रमा रहि आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समाबेश भए नभएको बारेमा बिषयगत समितिले कार्य सम्पादन समितिमा प्रस्तुत गरेका थिए ।

सूचना, सञ्चार समन्वय र साझेदारी बिकास समितिका संयोजक लालमति भण्डारीले ३३ बुदेँ ध्यानाकर्षणमा ५ वटा बुँदा यस समितिबाट पेश गरिएको बताइन । तर थोरै मात्रामा मात्र आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी दिइन ।

राजनैतिक क्षेत्र बिकास समितिका संयोजक सरीता सुबेदीले ३ वटा बुँद्धा उक्त समितिमा भएपनि कुनै पनि रातोकितावमा समावेश नभएको गुनासो गरिन ।

उनको समितिले राजनीतिक क्षेत्रमा ५० प्रतिसत महिलाको सुनिश्चिताको नीति बनाउन माग गरेको थियो ।

शान्ति तथा मानव अधिकार समितिका संयोजक मधुमति सुनारले ३ वटा बुँदा मध्ये बाल बिबाह न्यूनिकरण लगायतका कार्यक्रम बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी गराइन ।

कानुन तथा सामाजिक न्याय समितिका संयोजक युवा कराराले ५ वटा बुँदा प्रस्तुत गरिएको भएपनि सामाजिक बिकासको क्षेत्रमा बजेट केही मात्रामा समाबेश भएको समितिले पाएको बताइन ।

मानव संशाधन विकास तथा श्रोत ब्यबस्थापन समितिका संयोजक लोकमाया पुनले ७ बुदाँ ध्यानाकर्षण पत्रमा राखिएको भएपनि अध्ययन गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमको रातो किताव नै प्राप्त गर्न नपाएको गुनासो गरिन ।

तर ७ बुँदा मध्ये केही बुँदा समाबेश भएको जानकारी पाएको बताइन ।

आर्थिक बिकास समितिका संयोजक कल्पना चौधरीले यस समितिले प्रस्तुत गरेको ६ बुँदा मध्ये केही बुँदालाई बजेट तथा कार्यक्रमले समेटेको र बजेट समेत बिनियोजन भएको खुशी ब्यक्त गरिन । तर कार्यान्वयनको पक्षमा भने अझै आशंका रहेको उनले बताइन ।

सांस्कृतिक बिकास समितिका सदस्य दिलमाया बिकले २ वटा बुँदा ३३ बुँदे ध्यानाकर्षणमा राखिएको भएपनि छाडा चौपाया ब्यबस्थापन जस्तो चुनौतिपूर्ण कार्यमा स्पष्ट ब्यबस्था सहितको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा समाबेश नभएको हो की भनि आशंका ब्यक्त गरिन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नमुना संसदले गरेकाे अभ्यासलाई पालिकाले सुझावकाे रुपमा लिदै कार्यक्रम तथा याेजनामा समेट्ने बताए ।

उपप्रमुख स्यानी चौधरीले नमुना संसद भित्रका सांसदहरुले तयार पारेकाे याेजनालाइ आगामि बर्षमा राताे कितावमा समेट्ने प्रतिवद्दता ब्यक्त गरे ।

शान्ति महिला नमूना संसद कार्य सम्पादन समितिका सल्लाहकार नवराज लामिछानेले २०६५ सालमा परिकल्पना गरेकाे नमुना संसद ०८०/०८१ मा आएर बिउँझेको भन्दै यसलाई निरन्तरता दिन, क्षमतावान महिला उत्पादन गर्न यश कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

वडा पालिकाले यसलाई गहन रुपमा बुझेर स्थानिय सरकारलाई चलाएमान बनाउन यसकाे महत्व रहेकाे भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । याे फाेरम सानाे फाेरमका रुपमा नलिइ वार्षिय याेजना बनाउँन सहयाेग पुग्ने भएकोले स्थानिय सरकारले यस संसदसंग सहकार्य गर्न जरुरी रहेको बताए ।

सल्लाहकार सुशील बस्नेतले नमुना संसदलाई माेडेलका रुपमा लग्नुपर्ने बताए । संसदमा बिषयगत समितिले उठाएका विषयमा नगरकाे ध्यानाकर्षण हुनुपर्ने , नमुना संसद र नगरबिच समन्वय भएर १ सय ९ वटा पालिकामा याे कार्यक्रम संचालन गरि प्रदेशलाई नमुना प्रदेशका रुपमा चलाउनुपर्ने सुझाव दिए ।

नमुना संसदका सभामुख सीमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठले बिषय प्रवेश गराएकि थिइन ।

समितिका उपसभामुख सुष्मा गिरीले स्वागत मन्तव्य बाट सुरु भएको बैठककाे सहजिकरण प्रबक्ता नानीमैया वलीले गरेकी थिइन ।

बैठककाे अन्तिममा महासचिव दिप्तिशाखा चाैधरीले बैठककाे निर्णय प्रस्तुत गरेकी थिइन ।

महिला शान्ति नमुना संसद स्थानीय सरकारलाई सवलीकरणमा मद्धत गर्दै महिलाहरुलाई नेतृत्व बिकास र संसदीय प्रक्रियामा अभ्यास गर्ने थलोका रुपमा बिकास हुदै आएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *