२०८१ मङ्सिर १९ गते बुधवार

सुचना नदिनेलाई कारवाही हुन्छ : सूचना आयुक्त गुरुङ


तुलसीपुर,कार्तिक २८ । राष्ट्रिय सूचना आयोगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक पदधारण गर्ने व्यक्तिले सूचना नदिएमा कारवाही गरिने चेतावनी दिएका छन्।

राष्ट्रिय सूचना आयोगको आयोजनामा बुधबार तुलसीपुरमा भएको जनप्रतिनिधि ,कर्मचारी,समुदाय,समूह,सन्चारकर्मी एब सरोकारवालासंग सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले जिम्मेवारीपूर्वक सूचनाको हकको पालना गरेमा कारवाही भोग्न नपर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन ।

उनले सार्वजनिक निकायहरूले सूचनाको हकको पालना नगरेको भन्दै हालसम्म बैंकका सीईओदेखि रजिष्ट्रारसम्मका ४५ जनालाई जरिवानासहित कारवाही गरिएको बताए।

सरकारी तथा गैरसरकारी संघसंस्थालाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न, प्रत्येक तीन/ तीन महिनामा प्रगति विवरण सार्वजनिक गर्न, र नागरिकले मागेको सूचना उपलब्ध गराउन आदेश दिइसकेको समेत बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरले सूचना प्रवाहमा कुनै कन्जुसाइ नगरेको र त्रैमासिक प्रगति विवरण नियमित सार्वजनिक गर्दै आएको जानकारी दिए।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक पदधारकले गल्ती नगरेको भए सूचना दिन डराउनु नपर्ने बताए।

कार्यक्रममा पत्रकार तथा सामाजिक अभियन्ताले कतिपय निकायले सूचना अधिकारी नतोकेको, सूचना दिन आनाकानी गरेको लगायतका गुनासो राखेका थिए ।

कार्यक्रममा सूचना आयोगका उप-सचिव युवराज अधिकारीले सूचनाको हक सम्बन्धी जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण दिनेश भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *