२०८२ साउन १ गते बिहिवार

गैरापातुमा ४० बर्षे चलाउनेको करेन्ट लगाइ माछा मार्ने प्रयास गर्दा मृत्यु

तुलसीपुर, कात्तिक २८ । तुलसीपुरको गैरापातुमा करेन्ट लगाइ माछा मार्ने प्रयास गर्दा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातु अमेल्चिनगर टोलका अन्दाजी ४० बर्षीय सम्शेर चलाउने रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले मंगलबार बेलुका पौने ७ बजेतिर स्थानीय भजना खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको भन्ने खुलेको फरककोणलाई बताए ।


उनी किनारमा मृत अवस्थामा फेला परेको थापाले बताए ।

स्थानीय कमला बिकको घरबाट बिद्युतको तार १०० मिटर टाढाको खोलासम्म तानेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय तीन जनालाई घटना अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । जस्मा ४५ बर्षीय बलबहादुर बोहरा, ६२ बर्षीय गोरे वली र १२ बर्षीय सञ्तोष बिक रहेका छन् ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *