२०८२ असार ३१ गते बुधवार

राजपुर –७ का वडाध्यक्षसहित ३ जना किन पक्राउ परे ?

तुलसीपुर, कात्तिक २८। राजपुर गाउँपालिका –७ का वडाध्यक्ष पुष्कर वलीसहित तीन जना मंगलबार पक्राउ परेका छन् । वन कार्यालयले अध्यक्ष वलीसहित उनका सहोदर दाइ घनबहादुर वली, घन बहादुरका छोरा तिलक वलीलाई पक्राउ गरेको हो ।


वन मुद्दा झेलिरहेका उनीहरु अदालतले बोलाएको समयमा वनायन दिन उपस्थित नभएका कारण उनीहरुलाई पुनः पक्राउ गर्नु परेको डिभिजन वन कार्यालय दाङ (देउखुरी) का वन अधिकृत तथा सूचना अधिकारी छोटेलाल चौधरीले बताए ।

‘अदालतले बोलाएको समयमा वयान दिन उपस्थित नभएको हुँदा वडाध्यक्षसहित तीन जनालाई पुनः पक्राउ गर्नु परेको हो,’ चौधरीले भने ।

यसअघि नै राप्ती किनार सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर खड्कासहित ६ जना सामुदायिक वनका काठ काटेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका ६ जना मध्य तीन जना अदालतले तोकेको समयमा तारिख दिन अदालत उपस्थित भएपनि वडाध्यक्ष वलीसहित तीन जनाले अटेरी गर्दै आएका थिए ।

मंगलवार पक्राउ परेकाहरुलाई वयानका लागि बुधबार अदालतमा पेश गरिने भएको छ ।
आर्थिक वर्ष २०७९ ÷ २०८० मा सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्ने क्रममा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौंटी, खयर प्रजातिका करिब ७४ वटा रुखहरु वडाध्यक्षले वन संग समन्वय नै नगरी काट्न लगाएका थिए ।


उनीहरुले काट्न लगाएका मध्य ७४ रुखहरु मध्य केही साना बल्लाबल्ली साइजका रुखहरु पनि थिए । त्यसैले मनोमानी रुपमा रुखहरु काटेर नष्ट गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

त्यो उजुरी पछि अख्तियार कार्यालयले सत्यतथ्य छानविन गरि पठाउन पत्राचार गरेको थियो । अनुशंधानका क्रममा उक्त सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुखहरु काटिएको प्रमाण फेला परेको थियो । त्यसरी कटान भएका काठको परिमाण करिब तीन सय क्युफिट हुन आउने अनुशन्धानमा खटिएका वन अधिकृत चौधरीको बताए ।

यो भन्दा पहिले राप्ती किनार सामुखदायिक वनका अध्यक्ष पदमबहादुर खड्कासहित भुपलाल बोटे र बालाराम कुमाल पक्राउ परि सकेका थिए । वडाध्य वलीसहित केहीलाई पक्राउ पछि आवश्यक परेको बेला वयानका लागि उपस्थित हुन भनेर छाडिएको थियो ।


तर, वडाध्यक्ष वली तोकेको समयमा वयानका लागि उपस्थित नभएपछि पुनः नियन्त्रणमा लिनु परेको वन अधिकृत चौधरीले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *