२०८१ मङ्सिर २७ गते बिहिवार

रबिलाई रुपेन्देही ल्याउँदा सहकारी पीडितको प्रदर्शन

बुटवल , कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार सहकारी ठगी बारे अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।

कात्तिक २ गते काठमाडौंमा पक्राउ पछि रबिलाई सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा राखिदै आइएको थियो ।


सोही मुद्दा अनुसन्धानका लागि मंगलबार रुपन्देही ल्याइएको हो । पूर्व उपप्रधान तथा गृहमन्त्री रबिलाई यसअघि गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा सहकारी रकम अपचलन र हिनामिनाको आरोप लाग्दै आएको छ ।

रास्वपा सभापति रबिलाई भैरहवा ल्याएको थाहाँ पाउना साथ रुपन्देहीका सुप्रिम सहकारीपीडितले प्रदर्शन गरेका छन । सहकारी पीडितले सहकारीमा जम्मा गरेको रकम फिर्ताको माग गर्दै पर्दशन गरेका थिए ।
त्यस्तै रास्वपाका कार्यकर्ताले पनि रबिको रिहाइको माग गर्दै छुट्टै प्रदर्शन गरेका थिए । उनीहरुले प्रतिसोधका कारण रबिलाई फसाइएको भन्दै रिहाइको माग गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *