गाेकर्ण पाैडेल,तुलसीपुर ,कार्तिक २६ । राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्न पालिकाबाटै सकारात्मक सुरुवात भएकाे बताएका छन ।
तुलसीपुर उपमहानगरपालिकाले दलित शसक्तीकरण ऐन कार्यान्वय समितिले आयाेजना गरेकाे नियमावली निर्माण सम्बन्धी छलफल कार्यक्रममा बाेल्दै उनले स्थानीय सरकारले ऐन निर्माण गरी दलित समुदायका पेशा र समुदायका विद्यार्थीहरुकाे प्राविधिक शिक्षामा पहुँच पुर्याउने कुरा कार्यविधि र नियमावलीमा समावेश गर्नुपर्ने बताए ।
उनले दलित समुदायमा गरिएकाे विभेदका कारण आर्थिक सूचकाङ्कमा १० प्रतिशत र मानवविकास सूचकाङ्कमा २५ प्रतिशत नकारात्मक असर देखिएकाे बताए ।
अध्यक्ष विश्वकर्माले ऐन निर्माणमा तुलसिपुर उपमहानगरपालिकाबाट अनुकरण गर्दै प्रदेश र स्थानीय सरकारले समेत निर्माण गर्न थालिएकाे बताए ।
नगरप्रमुख टीकाराम खड्काले ससक्तीकरण ऐन कार्यान्वयनमा लैजानका लागि नियमावली र कार्यविधि तयार पार्न थालिएकाे बताए ।