२०८१ मङ्सिर १९ गते बुधवार

पत्रुखाना निषेध गराैँ : नगरप्रमुख खड्का


तुलसीपुर, कार्तिक २६ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खडकाले पत्रुखाना( जङ्कफूड) निषेध गर्नुपर्ने बताएका छन ।

उनले पछिल्लाे समयमा बालबालिकाहरुमा खाना नपाएरभन्दा खाना खान नजानेर कुपाेषण बढेकाे भन्दै पत्रुखानाका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा समस्या सिर्जना भएकाे बताए ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य जनप्रवर्धन शाखाले आयाेजना गरेकाे पालिकास्तरीय पाेषण कार्यक्रम समीक्षा याेजना तर्जुमा गाेष्ठीकाे उदघाटन गर्दै नगरप्रमुख खड्काले पालिकाले केही विद्यालयले विद्यालयमै विद्यालय खाजा कार्यक्रममा पाेषणयुक्त खानेकुरा व्यवस्थापन गरिएकाे बताए

सामाजिक विकास समिति संयाेजक मानबहादुर रावतकाे अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा स्वास्थ्य शाखाप्रमुख ओमप्रसाद न्याैपानेले घरदैलाेमा पुगेर दुई वर्षमुनिका बालबालिकाहरुकाे २४ पटक ताैल लिने
गर्भवति महिलालाइ आइरन चक्की, बालभिटा वितरण गरिएकाे बताए ।

उनले पाेषण कार्यक्रम पालिकाभित्र वडा न १३ मा स्तनपान कक्ष र वडा नम्बर ११ मा सुत्केरीलाई भाले उपहार नमुनायुक्त कार्यक्रम भएकाे बताए ।

कार्यक्रमका विषयमा पाेषण कार्यक्रम फाेकलपर्सन विष्णु गिरीले जानकारी गराएका थिए भने सञ्चालन विमल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *