तुलसीपुर, कात्तिक २४ । तुलसीपुर उपमहानगरपालिका – १० गौरीगाउँस्थित प्राकृतिक पोखरी ‘गौरीताल’मा मा ढुँगा सञ्चालनमा ल्याइएको छ ।
वडाध्यक्ष यमराज केसीले उपमहानगरको पर्यटन शाखाले कात्तिक १४ गते डुँगा उपलुब्ध गराएको हो । त्यसपछि तालमा डुँगा सञ्चालनमा आएको हो ।
तिहार सम्मुखमा आएको हुँदा उतिखेर डुँगा प्रदान गरिएको भएपनि अब ताल संरक्षक समितिसंग सम्झौता गरि डुँगा चढेबाफत कति शुल्क लिने भनेर निर्णय गरिएको वडाध्यक्ष केसीले बताए ।
गौरीतालमा पठाइएको डुँगा साढे दुई लाख मूल्य बराबरको रहेको जानकारी दिइएको छ ।
उपमहानगरपालिकाको पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले हालसम्म तुलसीपुर – १०, तुलसीपुर – १८ , तुलसीपुर – १ र तुलसीपुुर – २ का पोखरीमा पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भनेर डुँगा प्रदान गरिएको फरककोणलाई बताए । अनेत्र वडाबाट डुँगा सञ्चालन गरिएको बारे सूचना नदिइएको तर तुलसीपुर – १० को गौरीतालमा भने सञ्चालनको जानकारी पाएको उनले जानकारी दिए ।
गौरीताल बाहेक अन्य सबै कृत्तिम तालहरु हुन । ती पोखरी खेतबारीमा पानी सिंचाइ तथा माछा पाल्ने उदेश्यले निर्माण गरिएका हुन ।
तुलसीपुर उपमहानगरपालिकाले – ७ स्थित राप्ती शान्ति उद्यानका लागि पनि एउटा डुँगो खरिद गर्दा लागेको पैंशा प्रदान गरेको थियो । पर्यटन शाखाका अनुसार डुगा भने उद्यानले आँफै खरिद गरि ल्याएको हो ।
उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्लीराज भण्डारीले
एक पटक ढुङ्गामा चढेबापत प्रति व्यक्ति ५० रुपियाँ शुल्क निर्धारण गरिएको जानकारी दिए ।
तस्बिर : यादव भण्डारी ।