२०८१ मङ्सिर १९ गते बुधवार

रोमहर्ष भण्डारीको पार्थिव शरिरमा काँग्रेसको झण्डा

तुलसीपुर, असोज २३ । नेपाली काँग्रेसका नेता स्वर्गिय रोमहर्ष भण्डारीको पार्थिव शरिरमा सम्मान पूर्वक नेपाली काँग्रेसको झण्डा ओढाइएको छ ।


शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका – १० बन्गैस्थित निवासमा पूर्व महासमिति सदस्य स्वर्गिय भण्डारीको पार्थिब शरिरमा नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान ब्यक्त गरेका हुन ।


त्यसक्रममा दाङ क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का, ३ (१) का सभापति देबेन्द्र रिजाल, ३ (२) का सभापति खिमबहादुर वली लगाएत उपस्थित थिए ।


त्यस्तै पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, नेताहरु केशब आचार्य, महादेव शाह, महाधिवेशन प्रतिनिधि युवराज खड्का, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती उपस्थित थिए । त्यसक्रममा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण गरेका काँग्रेस ३(१) का सचिव शोभाकर सापकोटाले स्वर्गिय भण्डारीले समाजिक संघसंस्थामा आवघ भइ सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका थिए ।


स्वर्गिय भण्डारी तुलसीपुरस्थित सेन्टर माध्यामिक बिद्यालय तुलसीपुरका पूर्व ब्यबस्थापन समितिका अध्यक्षपनि हुन । उनी बन्गै गाउँस्थित डीप बोरिङ सञ्चालक समितिको पूर्व अध्यक्षपनि हुन ।

यी बाहेक उनले बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध भइ काम गरेका थिए ।
भ्ण्डारी प्रति अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्न जनप्रतिनिधिदेखि बिभिन्न पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरु पुगेका थिए ।

भण्डारीको ६५ बर्षको उमेरमा काठमाडौंमा उपचारका क्रममा बिहीबार बेलुकी मृत्यु भएको थियो । शब शुक्रबार मात्रै घर ल्याइएको हो । भण्डारीको अन्तेष्टि शुक्रबार नै सुकौरास्थित बबई नदीमा घाटमा गरिएको हो ।
उनी बिगत ४ ÷ ५ बर्ष यता बिरामी थिए ।

स्वर्गिय भण्डारीका श्रीमति, एक छोरा र पाँच छोरी छन् ।
स्वर्गिय भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर काँग्रेस नेता सुनिल थापा संग संगै नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेका थिए । जति खेर उनी सर्वसम्मत रुपमै महासमिति सदस्य चुनिएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *