दाङ, असोज २२ । बाँकेमा एक जना १४ बर्षीया छात्रामाथि बलात्कार आरोपमा एक जना स्कुल सञ्चालक पक्राउ परेका छन् ।
कात्तिक १४ गते नेपालगञ्जस्थित ‘होटेल आयुष्मा’मा पु¥याइ छात्रामाथि बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका – २ का ४२ बर्षीय स्कुलका सञ्चालक पक्राउ परेका हुन ।
पीडित बालिकाले बुधबार जिल्ला प्रहरी कार्यायमा पुगेर आँफुमाथि भएको बलात्कार बारे उजुरी दिएकी थिइन ।
बु्धबार नै आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नबीन चपागाँइले जानकारी दिए ।
त्यस्तै कोहलपुर – २ बर्दहवाका २४ बर्षीय सन्दिपकुमार थारु १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
पीडितले बालिकाले कात्तिक १९ गते राति ११ बजेतिर खेतको परालमा लगेर थारुले आँफुमाथि बलात्कार गरेको उजुरी दिएकी छिन । बुधबार नै थारु पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टराइले घटनाबारे थप अनुसन्धान भइ रहेको जानकारी दिए ।