तुलसीपुर, असोज २२ । दाङको देउखुरीस्थित राप्ती नदीले बगाउँदा एक १६ बर्षीया किशोरीको मृत्यु भएको छ ।
बुधबार बेलुकी सवा ६ बजेतिर भैसीलाई राप्ती नदी तार्ने क्रममा बगेर बेपत्ता राजपुर गाउँपालिका – ३ कालिपुरुवाकी १६ बर्षीया बिद्याबती यादवको शब फेला परेको हो ।
बिहीबार बिहान साढे ८ बजेतिर लमही नगरपालिका – ८ धनपुरुवास्थित राप्ती नदीको बीच भागमा उनको शब फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले जानकारी दिएका छन् ।
लमही नगरपालिका – ८ दुइघरबाट राप्ती नदीमा भैंसी तारेर घर तर्फ फर्किने क्रममा उनी बगेर बेपत्ता भएकी थिइन । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
