२०८३ भाद्र ११ गते बिहिवार

रुकुमबाट काठमाडौँ जादैं गरेको बस दुर्घटना हुँदा ५ जना घाइते

रुकुम,कार्तिक २१ । रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बागलुङको निसीखोलास्थित जाउलेपानीमा ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक विदेशीसहित ५ जना गम्भिर घाइते भएका हुन् ।

बसमा सवार एक विदेशी महिलाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीसहित ५ जनालाई नै बुर्तीबाङस्थित अस्पतालमा पठाइएको बसका चालक पूर्णबहादुर श्रेष्ठले बताए ।

चालक श्रेष्ठका अनुसार बसको ब्रेक फेल हुँदा सो दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *