तस्बिर : फरककोण ।
तुलसीपुर, कात्तिक २१ । दाङको तुलसीपुरको बिजौरीमा बुधबार बिहान करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ ।
तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा बिहान सवा दश बजेतिर तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ बर्षीय किशोर श्रेष्ठलाई करेन्ट लागेपछि अचेत भएका थिए ।
तिहारको झिलिमिली बत्ती निकाल्ने क्रममा आवश्यक सावधानी अपनाउन नसक्दा किशोरको बाँया हात र दाँया खुट्टामा करेन्ट लागेपछि उनी अचेत बनेका थिए ।
उनलाई उपचारका लागि बिहान ११ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
१६ बर्षे किशोरले तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको र उनलाई अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले बताए । शव पोष्टमार्टमको लागि अस्पतालको शब कक्षमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।