दाङ, कात्तिक १९ । दाङको राप्ती गाउँपालिकाका एक युवकको लमहीमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
राप्ती गाउँपालिका – ५ कमलरोडका २२ वर्षीय प्रेम राना मगर लमही नगरपालिका – ५ बैंकरोड नजिकै सोमबार बिहान साढे ६ बजेतिर दुर्घटनामा परेको अवस्थामा फेला परेका थिए ।
प्रेमलाई प्रहरीले उद्धार गरि लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी सवार लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना परेको हुन सक्ने वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रकाश भुसालले जानारी दिए ।
दुर्घटना परेको अवस्थामा देखेपछि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी कति बेला दुर्घटनामा परेका थिए भन्ने समय एकिन भइ नसकेको भुसालले बताए । शब पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार