२०८१ मङ्सिर १९ गते बुधवार

आज भाइ टीका , उत्तम साइत बिहान ११ ः ३७ बजे

तुलसीपुर, कात्तिक १८ । तिहारको पाँचौं दिन अर्थात आज भाइ टीका । टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटीका लगाइ दिने ब्यक्ति पूर्व र लगाइ माग्ने ब्यक्ति पश्चिम फर्कन पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ ।


त्यसको तयारी स्वरुप यतिखेर घर घरमा दिदी बिहिनीले उत्साहका साथ भाइ टीकाको तयारी गरि रहेका छन् ।
आज दिदी बहिनी र दाजु भाइका बीचमा सप्तरङ्गी टीका लगाउने गरिन्छ ।

श्रद्धाका साथ दिदी बहिनीले दाजु भाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै रातो टीका र सम्बृद्धिको प्रतिक पँहेलो जमरा लगाइ दिने गर्छन । सयपत्री र नवइलीने मखमली माला गलामा पहि¥याइदिने गर्छन ।

उज्यालो पर्व तिहारका अवसरमा सहर बजार भन्दा गाउँ घरमा चहलपहल हुने गर्छ । तिहार मनाउन सबै मानिस गाउँ घर तथा पुर्खेउली थलो जाने हुँदा बजार सुनसान प्राय बनेका हुन्छन् । सहर बजारदेखि गाउँ घरमा तिहारमा देउँसी भैलोको बेग्लै उल्लास थप्ने गर्छ ।

तर, पछिल्लो समय मौलिक पर्व र देउसी भैलोमा आफ्नै गाउँ ठाउँका भाषा, बाध्यबाधनका साधन र कला भन्दापनि देखासिकीमा आधुनिक बाजा गाजाका साथ देउली भैलो खेल्ने मौलिकता भने पछिल्लो पुस्ताले भूल्दै गएको अग्रजहरु दोषारोपन गर्न थालेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *