तुलसीपुर, कात्तिक १७ । दाङको घोराही उपमहानगरपालिका– १० नारायणपुरका २८ बर्षीय विवेक अधिकारीले यतिखेर चर्चामा छन् । वातावरणिय हिसावले असंभवप्राय लाग्ने बहुमूल्य वनस्पति केशरको आफ्नै घरमा खेती गरेका कारण उनको चर्चा भइ रहेको हो ।
केशरीको प्रतिग्राम मूल्य एक हजार माथि छ । केजीको दश लाख बढी बजार मूल्य छ ।
यति बहुमूल्य वनस्पति आफ्नै घरको छतमा छुट्टै कोठा निर्माण गरि केशरलाई चाहिने कृतिम वातावरण तयार गरि बिवेकले खेती गरेका छ्न । नेपालका उच्च हिमाली जिल्लाहरु जुम्ला र डोल्पामा मात्रै केशरीको सफल खेती जमिन मै हुन सक्ने संभावना रहेको बिवेकले बताए ।
ती जिल्लाहरुमा बिगत ४० को दशकदेखि फाट्टफुट्ट रुपमा केशर परिक्षणका रुपमा खेती हुँदै आएको पनि उनले बताए । नेपालको यी दुई जिल्ला र भारतको कस्मिरमा उत्पादन हुने केशर सबै भन्दा राम्रो मान्ने गरिन्छ । नेपालको इलाम लगाएतका ठाउँहरुमा पनि नगन्ने मात्रामा केशरको खेती भइ रहेको छ । यो खेतिका लागि बलौटे दोमद माटो उपयुक्त मानिन्छ भने गाइ बस्तुको मल प्रयोग उचित मान्ने गरिन्छ ।
बिवेकले कोठा भित्र केशर खेतीका लागि कृत्तिम वातावरण तयार पारेको बताए । कोठा भित्र कृत्तिम वातावरण निर्माण गरि केशर खेती गरि रहेका बिवेकले एरोपोलिङ टेक्निक अर्थात स्वाइललेस खेती गरेको बताए ।
चार बर्ष पहिले भारतको पञ्जावबाट बिएस्सीएजीको पढाइ पुरा गरेपछि घर फर्किएका बिबेकले यसअघि स्थानीय स्तरमा बिभिन्न ब्यक्तिका कृषी फर्महरुको रेखदेख गर्दै आएका थिए ।
छिमेकी देश भारतवाट तीन सय केजी केशरको गाना (कम्स) प्रति केजी तीन हजारका दरले खरिद गरि ल्याएको बिवेकले बताए । बिगत ७ महिना पहिले नै योजना बनाएर विरुवा रोपेका बिवेक यतिखेर केशर फूलेपछि मख्ख छन् ।
उनले हालसम्म ४ ग्रामसम्म केशर संकलन गरि सकेका छन् । यो बर्ष आठ सय ग्राम जति केशर संकलन हुने आशा गरेका छन् ।
बिवेकले आफ्नै ‘सन राइज कृषी फर्म’ मार्पmत ब्राण्डिङ गरि आँफैले उत्पादन गरेको केशरी बेच्ने सोचमा रहेको सुनाउँछन् । आँफै घरमा ब्राण्डिङ गरि केशर बेच्ने सोच उनको छ ।
बिवेकका अनुसार केशरको फूल टिपेपछि सुरुमा टिसी पेपरको भित्र राखेर अलि चिसो छाँयामा सुकाउनु पर्छ । त्यसपछि हावा नछिर्ने सिसाको बोत्तलमा राखेर झन्डै महिना दिन केही चिसो छाँयामा सुकाउनु पर्छ ।
त्यसरी सुकाएपछि केशरीको फूलवाट मिठो सुगन्ध (वासना) आउन सुरु गर्छ । जस्को अलि तितो खाले (कडुवा वासना) आसपास हावामै फैलिन सुरु गर्छ । केशर बर्षमा एक पटक यही सिजन अर्थात असोजदेखि कात्तिक अन्तिम सम्म मात्रै फूल फूल्ने बिवेकले बताए ।
बिवेकका अनुसार केशर एक उच्च शक्ति बद्र्धक जडीबुटी हो । यसको सही प्रयोगले मुटेको रोग, कलेजो सम्बन्धि समस्या समाधान, कोलस्टोर, मष्तिष्क सम्बन्धि समस्या समाधान गर्नुको साथै तेज आँखा बनाउनका लागि पनि उपयोगी छ । केशरलाई प्रशव पीडाको समयमा पनि प्रयोग गर्न गरिन्छ ।
बहुमूल्य र बहु उपयोगी केशर खेतीको परिक्षण बिक्रम संबत २०१९ सालमा मकवानपुरको टिष्टुङमा भएको इतिहास रहेको जानकारहरु बताउँछन् । तर, २०४० सालमा मात्रै तत्कालिन राजाले जुम्लामा यसको खेती गर्न निर्देशन दिएपछि २०४४ सालमा जुम्लाको चन्दननाथ नगरपालिकामा परिक्षण खेती भएको थियो ।
डोल्पामा र २०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा केशरको परिक्षण खेती सुरु गरिएको भएपनि अपेक्षा अनुसार उत्पादन गरि देशले लाभ लिन नसकेको बिवेकले बताए ।