तुलसीपुर, कात्तिक १५ । तुलसीपुरमा एक जना पूर्व प्रहरीले खुकुरी प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले पूर्व प्रहरी विरबहादुर वली (विरे) माथि एक अपरिचित समुहले खुकरी प्रहार गरि घाइते तुल्याएको जानकारी दिए ।
उनको हात तथा पाखुरा लगाएतका ठाउँमा खुकुरी प्रहार बाट गहिरो घाउ खत लागेको ठकुुरीले बताए ।
घाइते वली हालसालै सेवाबाट अवकास लिएका पूर्व प्रहरी हुन ।
घाइते वलीको उपचार तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भइ रहेको छ ।
वली केही महिना पहिलासम्म राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ४ स्थित अस्थायी प्रहरी पोष्ट गोठी खोलामा कार्यरत थिए । करिब एक महिना पहिले मात्रै वली माथि एक जना स्थानीय युवा ब्यबसायी माथि टाउकोमा खुकुरी प्रहार गरेको आरोप लागेको थियो । घाइते युवकले वलीका बिरुद्ध इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएका थिए । तर, उनी पक्राउ परेका थिएनन् ।
घटना पछि रुकुम पश्चिम घर भएका भनिएका वली उतै गएको र यो बीचमा तुलसीपुर फर्किएको मौका छोपेर त्यही समुहले बदला लिन खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीको आशंका छ । खुकुरी प्रहारमा संलग्न युवाहरुको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।