
तुलसीपुर, कात्तिक १४ । तुलसीपुर क्षेत्रवाट प्रहरीले दुई लाख मूल्य बराबरको पटाका जफतपछि नष्ट गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ५ का वडा सदस्य भिमबहादुर केसी, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव केशवराज केसी लगाएतको उपस्थितिमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बिभिन्न समयमा बरामद गरेको दुई लाख मूल्य बराबरको पटाका नष्ट गरेको हो ।
इप्रका परिशरमै बरामद पटाकाहरु खाडल खनी पानी हालेपछि माथिवाट माटोले पुिरएको थियो ।
इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर बजारका साथै प्रहरी पोष्ट दमारगाउँले चेकजाँचका क्रममा हप्ता दिनको अवधिमा ती पटाकाहरु बरामद गरेको जानकारी दिएका थिए ।
पटाका पड्काउँदा बालबालिका अंगभंग हुनुका साथै मृत्युसमेत हुन सक्ने हुँदा ती नियन्त्रणमा लिनु परेको प्रहरी निरीक्षक थापाले बताए ।
पटाका पड्काउँदा आगलागीका घटनासमेत हुन सक्ने हुँदा हरेक अभिभावले आफ्ना बालबालिकालाई पटाका तथा भूइचम्फा जस्ता ज्वलनसिल बस्तुहरु पड्काउन नदिन प्रहरी निरीक्षक थापाले आग्रहपनि गरेका थिए ।