२०८३ भाद्र ११ गते बिहिवार

छोराले मापसे गरि हाँकेको स्कुटर दुर्घटानाका घाइते बुवाको उपचारका क्रममा मृत्यु

तुलसीपुर, कार्तिक १४ । दाङ तुलसीपुरका एक जना सवारी दुर्घटनाका घाइतेको उपचारका क्रमममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १८ का मानबहादुुर बिकको उपचारका क्रममा मंगलबार काठमाडौंमा मृत्यु भएको छ ।
कात्तिक ९ गते बेलेकी पौने ५ बजेतिर तुलसीपुरवाट घोराही तmर्फ जाँदै गरेको रा ३ प ३४६६ नम्बरको स्कुटर तुलसीपुर – १७ मज्गैंमा दुर्घटना परेको थियो ।
दुर्घटनाका गम्भीर घाइते मानबहादुरलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राम्भीक उपचार पछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको उपचारका क्रममा काठमाडौंमै मृत्यु भएको हो ।

स्कुटर मानबहादुरका ४० बर्षीय छोरा निमबहादुरले हाँकेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार छोरा निमबहादुरले मादक पदार्थ सेवन गरि स्कुटर हाँकेका थिए ।

चालकको साथमा सवारी चालक अनुमती पत्रसमेत फेला नपरेको प्रहरी निरीक्षक थापाले बताए ।
उक्त दुर्घटनामा स्कुटर चालक निमबहादुरलाई खुट्टामा सामान्ने चोटपटक लागेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *