२०८३ कार्तिक १९ गते बुधवार

रनिङशिल्डको उपाधि ज्ञान ज्योतीलाई


सन्तोष केसी,तुलसीपुर, कार्तिक १३ । दोस्रो ज्ञान ज्योति फाउन्डेसन रनिङशिल्ड प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योती मावि तुलसीपुरले जितेको छ ।
ज्ञान ज्योती फाउन्डेसनले गत बर्ष देखि फाउन्डेसन भित्रका विद्यार्थीका बीच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउने उद्देश्यका साथ रनिङशिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

पहिलो संस्करणको विजेता अमृत एकाडेमी तुलसीपुर–१९ विजौरीको आयोजना तथा ज्ञान ज्योती फाउन्डेसनको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानज्योती मावि तुलसीपुरले उपाधि चुमेको हो ।

त्यस्तै ३ स्वर्ण, २ रजत र १ कास्य जितेको आयोजक विद्यालय अमृत एकाडेमीले द्वितिय स्थान हासिल गरेको छ ।
पब्लिक ज्ञान ज्योति तुलसीपुर – ७ बम्नै २ स्वर्ण, ३ रजत र १ कास्यसहित तृतिय भयो । प्रतियोगितामा फाउन्डेसन भित्रका ८ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक सुनिल भण्डारीले जानकारी दिए ।

अमृत एकेडेमी विजौरिका प्रिन्सिपल प्रताप सेजवालको अध्यक्षता तथा तुलसीपुर – १९ का वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यता एवं ज्ञानज्योती फाउन्डेसनका संस्थापक अध्यक्ष टीकाबहादुर जिसीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा ज्ञान दिप कलेजका भाइस प्रिन्सिपल मनोज केसी, एकाडेमिक कोर्डिनेटर शरद गौतम लगाएतले बिजयी खेलाडीलाई शुभकामना दिएका थिए ।

समापन कार्यक्रममा खेलाडिहरुलाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुद अफिसियल र उदुघाटन समारोहमा उत्कृष्ट झाँकी तथा ¥याली प्रस्तुत गर्ने राप्ती पब्लिक स्कुल बाघमारेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

अमृत एकाडेमीका भाइस प्रिन्सिपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमृत एकाडेमीमा अध्ययनरत छात्रा सृष्मा थापाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको सहजीकरण ज्ञान ज्योति कलेजका उपप्राध्यापक सोमराज वस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *