२०८३ कार्तिक २३ गते आइतवार

तुलसीपुरका एक युवक लागुऔषधसहित पक्राउ

तुलसीपुर, कात्तिक ११ । दाङ तुलसीपुरका एक युवक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका – ५ नामिनगरका २६ बर्षीय दिपेश डाँगी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले डाँगीलाई घोराही उपमहागनरपालिका – १३ स्थित वराह क्षेत्र ज्यामिरेदह सामुदायिक वन पिपल चौतारीवाट कात्तिक ९ गते पक्राउ गरिएको जानकारी दिएका छन् ।


डाँगीको साथवाट ४ ग्राम ४७० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी थापाले बताए । पक्राउ परेका डाँगी माथि थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *