२०८१ कार्तिक १९ गते सोमवार

गड्यौंले मल उत्पादन गर्दे विद्यार्थी


तुलसीपुर, कात्तिक ११ । विद्यार्थीले गड्यौंले मन उत्पादन गर्न सुरुवात गरेका छन ।


पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले आँफैले उत्पादन गर्ने तरकारी, फलफूलमा उपयोग गर्ने उद्देश्यले गड्यौले मलको उत्पादन थालेका हुन ।


माटोका लागि उपयुक्त मानिने गड्यौंले मल उत्पादन सहजपनि छ । रासायनिक मलले माटोको अवस्था बिगारी दिने, क्रमिक रुपमा उत्पादन पनि घट्ने , महंगो पर्ने हुँदा बिकल्पमा गड्यौला मल उत्पादन गर्न थालिएको विद्यार्थी संगिता न्यौपानेले बताइन ।

विद्यालयमा बाली विज्ञान र बन विज्ञान अध्ययनरत विद्यार्थीले सामुहिकरुपमा गड्यौला खेती सुरु गरेका हुन । गड्यौला खेती गर्न तालिम र आवश्यक सामग्रीको व्यवस्थापन ग्रीन फाउन्डेशन नेपालले गरेको छ ।

विद्यार्थीले पाँच केजी गड्यौला राखेर मल उत्पादन सुरु गरेका छन् ।

कार्यक्रम संयोजक कल्पना वलीले विस्तारै व्यावसायिकरुपमा नै उत्पादन थालिने बताइन ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *