तुलसीपुर, कात्तिक १० । तुलसीपुरको साततलेमा यात्रुबहाक डबल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चालक दाङकोे दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ बर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपािलका – ६ का १९ सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्याय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीका अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन् ।
सल्यानको कपुरकोट गाउँपािलका – ६ की ३१ बर्षीया टीकादेबी वली, उनका १३ बर्षीय छोरा द्धय महेश वली र १० बर्षीय छोरा जीवन वली गम्भीर घाइते छन् ।
घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ ।
राप्ती राजमार्ग अन्तरगत सल्यानवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबलक्याप बोलेरो तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटानामा परेको थियो । जीप झन्डै तीन सय मिटर तल खसकोे छ। जीपमा कुल पाँच जना सवार थिए । घटना लगतै इप्रका प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।
घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपागञ्ज रिफर गरिएको इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
दुर्घटनाको कारण खुली सकेको छैन ।
