२०८३ असार २७ गते शनिवार

दुर्गा पन्थमाथि दुब्र्यबहार गर्नेलाई कारबाही गर्न एमाले दाङको माग

तुलसीपुर, कात्तिक ९ । नेकपा (एमाले) दाङले आफ्ना जिल्ला सल्लाहकार सदस्यमाथि दुब्र्येबहार गर्नेमाथि कारबाहीको माग गरेको छ ।

नेकपा बहुमतका कार्यकर्ताले घोराही उपमहानगरपालिका – १४ लखनपार्क नजिकै बसोबास गर्ने पन्थमाथि असोज २९ गते दुब्र्यबहार गरेका थिए । उनीमाथि मिटर ब्याजी र सुदखोरको दोषारोपन गर्दै दुब्र्यबहार भएको थियो ।


जस्को जिम्मा घटना भएकै दिन उक्त पार्टीका जिल्ला सेक्रेटरी अमरले बिज्ञप्ति मार्फत लिएका थिए ।
एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव सुर्यबहादुर डाँगी, उपसचिव द्धय भुवनेश्वर पौडेल र सिता चौधरीले शुक्रबार संयुक्त बिज्ञप्ति मार्फत पन्थीमाथि दुब्र्यबहार गर्नेलाई कानुनी कारबाहीको माग गरेका छन् ।


कानुन हातमा लिने र कानुनी साशणको धज्जि उडाउने उदण्ड समुहलाई कारबाही गर्न माग गर्दै एमालेका नेताहरुले यस्ता घटनावाट त्रसिद नहुन र बिधिको साशणलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *