तुलसीपुर, कात्तिक ९ । दाङ तुलसीपुरको अरनिको मैदानमा लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
कात्तिक ११ गतेदेखि १३ गतेसम्म लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा तीन दिनसम्म तुलसीपुरमा प्रतियोगिता हुन थालेको तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अधयक्ष बिमल रिजालले जानकारी दिए ।
लुम्बिनी प्रदेश स्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ आयोजना गरिएको र त्यसमा प्रदेश भरका झन्डै आठ सय हाराहारी खेलाडी तुलसीपुरमा आउने अध्यक्ष रिजालले बताए ।
प्रतियोगिता आयोजक समिति संयोजक मोहन सुनारले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइ सकेको जानकारी दिए ।
लुम्बिनी प्रदेश तेक्वान्दो संघका कोषाध्यक्षसमेत रहेका सुनारले प्रतियोगिता आइतबार बिहान ११ बजेपछि अरनिको मैदानमा सुरु हुने छ ।
तुलसीपुरमा १२ जिल्लाका आठ सय हाराहारीमा खेलाडी आउने भएपछि तुलसीपुरका होटेलहरु लगभग भरिभराउ हुने भएका छन् । तुलसीपुरका क्षेत्रका सम्पूर्ण होटेलहरुमा खेलाडी बसोबासको ब्यबस्थापन गरिने र त्यसले एक पटक तुलसीपुरको ब्यापार तथा पर्यटन पर्बद्धनमा टेवा पुग्ने लुम्बिनी प्रदेश तेक्वान्दो संघमा महासचिव विनिल केसीले जानकारी दिए ।
प्रतियोगिता उद्घाटनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रमुख अतिथिका रुपमा निम्त्यिाइएका छन् भने अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी बिशिष्ट अतिथिका रुपमा निम्त्याइएको आयोजकहरुले जानकारी दिएका छन् ।