२०८३ कार्तिक २३ गते आइतवार

एकै साथ तीन बालिकाको डुबेर मृत्यु

दाङ, कात्तिक ८ । दाङको देउखुरीमा एकै साथ तीन बालिकाको डुबेर मृत्यु भएको छ । नुहाउन भनेर गएका १२ बर्षीया तीन बालिकाको बिहीबार दिउँसो एकै साथ राप्ती नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दाङका प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले लमही नगरपालिका– २ रनियाँपुरकी १२ बर्षीया झरना चौधरी, सोही ठाउँकै १२ बर्षकै निशा चौधरी र गढवा गाउँपालिका –४ खडकपुर घर भइ लमही नगरपालिका –५ मा बस्दै आएकी १२ बर्षीया कृष्टी चौधरीको राप्ती नदीमा डुबेर मृत्यु भएको फरककोणलाई बताए ।

दिउँसो सवा ३ बजे तीन बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको खबर पाउनसाथ प्रहरी पुगेको र तीन जना बालिकालाई मृत अवस्थामा फेला पारेको डिएसपी थापाले जानकारी दिए ।
बिहान ११ बजेतिर घरबाट नुहाउन भनेर राप्ती नदीमा गएको भन्ने खुलेको डिएसपी थापाले बताए ।

स्थानीयका अनुसार मृतक मध्य कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवाको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।
तीनै जना बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *