
दाङ, कात्तिक ६ । दाङकी अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी सरकारले ग्लोबल एन्टी(रेसिज्म च्याम्पियन)ले सम्मानित गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयलले दाङ देउखुरीकी उर्मिलालाई उक्त पुरस्कारवाट सम्मानित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
सानैदेखि अरुको घरमा कम्लहरी बस्न बाध्य पारिएकी उर्मिला नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवद्र्धनमा उलेखनीय भूमिका निर्वाह गर्दै आएको हुँदा अमेरिकी सरकारले सम्मान गरेको हो ।
उनले सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवद्र्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै र प्रतिबद्धता देखाएको हुँदा अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उर्मिलाले पु¥याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।
सीमान्तकृत समुदायको शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उर्मिलाको अथक योगदान वास्तवमै प्रेरणादायी रहेको कुरा दुतावासले उल्लेख गरेको छ ।
पूर्वकमलरी उर्मिला पाँच बर्षको उमेरै त्यसैका लागि बिगतमा काठमाडौं पठाइएकी थिइन । ११ वर्ष कमलरी जीवनु बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएकी थिइन । त्यसपछि उनी कमलरीमुक्त अभियानमा सक्रियताका साथ लागि परेकी थिइन ।
अमेरिकी विदेश मन्त्रालयले चौधरीसँगै घानाका मानवअधिकारवादी अभियन्ता दिन्ती सुले तायिरु, नर्थ म्यासेडोनियाका अभियन्ता एल्भिस शाक्जिरी, मेक्सिकोको महिलावादी अभियन्ता तान्या दुआर्ते, बोलिभियाकी आदिवासी राजनीतिज्ञ तथा मानवअधिकारवादी अभियन्ता तोमासा यारहुई जाकोमे र नेदरल्यान्ड्सका अभियन्ता एवं पूर्वसांसद जोन लिर्डामलाई प्रदान गरिएको छ ।