२०८३ भाद्र ११ गते बिहिवार

जुम्लेकुलावाट पक्राउ परेका दश जुवाडे सार्वजनिक

तुलसीपुर , कात्तिक ६ । शान्तिनगरको जुम्लेकुलावाट पक्राउ परेका दश जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ४ का ५३ बर्षीय देवबहादुर केसी, ५४ बर्षका सालिकराम भण्डारी, ४३ बर्षे मेघबहादुर केसी, ३६ बर्षे कमल बुढाथोकी, ४८ बर्षे कालुराम चौधरी छन् ।


त्यस्तै सोही ठाउँकै ३१ बर्षे तेज घर्ती, ४९ बर्षे धर्मबहादुर चन्द, ५७ बर्षे यज्ञबहादुर केसी, ४२ बर्षे यज्ञराज डाँगी र कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–८ का बिक्रम चौधरी रहेका छन् ।


जुम्लेकुलाका स्थानीय धर्मबहादुर चन्दको घरमा ठूलो रकम हारजित हुने गरि जुवा भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले आइतबार राति साढे १० बजेतिर छापा हानेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उक्त जुवाको खालबाट एक लाख ६४ हजार तीन सय पाँच रुपैंया बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका जुवाडेहरु माथि अनुसन्धान गर्न सोमबार जिल्ला अदालतवाट म्याद थपेको छ । उनीहरु माथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *