२०८३ असार २७ गते शनिवार

जुम्लेकुलाबाट दश जुवाडे पक्राउ

एक लाख ६४ हजार रकम बरामद


तुलसीपुर , कात्तिक ५ । शान्तिनगरको जुम्लेकुलावाट दश जुवाडे पक्राउ परेका छन् ।


जुवाको खालमा छापा हानेर प्रहरीले एक लाख ६४ हजार तीन सय पाँच रुपैंया बरामद गरिएको जानकारी दिएको छ ।


जुवा भइ रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको बिषेश टोलीले शान्तिनगर गाउँपालिका – ४ जम्लेकुलाबाट आइतबार राति एक लाख ६४ हजार तीन सय पाँच रुपैंया नगदसहित दश जुवाडे पक्राउ गरेको प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका जुवाडेको नाम भने सार्वजनिक गरेको छैन । केही बेरमा अदालतवाट म्याद थपका लागि लगिने र त्यसपछि दिउँसोसम्म पक्राउ परेका जुवाडेहरुको नाम सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *