दाङ, कात्तिक ४ । युवकलाई बन्धक बनाएको आरोपमा एकजना पूर्व वडाध्यक्ष र एक जना प्रहरीसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्यूठान नगरपालिका – ८ का पूर्व वडाध्यक्ष तथा नमस्ने यातायात प्रालिका अध्यक्ष लिलासिंह केसी, प्रालिका सचिव दिलबहादुर दसौंदी, जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध शाखामा कार्यरत प्रहरी सञ्तोष दसौंदीसहित प्रितम गिरी र शरद गिरी रहेका छन् ।
बबई गाउँपालिका – ६ का ३७ बर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोख्रेललाई शनिबार दाङको लमही नगरपालिका – ९ स्थित ‘क्राउन होटेलवाट बन्धक बनाइ प्यूठान पु¥याएको आरोप उनीहरुमाथि रहेको छ ।
इलाका प्रहरी कार्यालय अमिलियका प्रमुख प्रहरी निरीक्षक भवानीप्रशाद धमलाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई प्यूठानवाट मध्यराति पक्राउ गरि दाङ ल्याएको स्रोतले बताएको छ । ।
जिल्लाका उच्च प्रहरी अधिकारीहरु भने पूर्व वडाध्यसहित पाँच जना पक्राउ परेको बारे स्पष्ट रुपमा बोल्न मानिरहेका छैनन् ।
बैदेशिक रोजगार सम्बन्धी लेनदेनको बिषयमा पूर्व वडाध्यक्ष केसीको नेतृत्वलाई दाङमा आइ दुई युवकलाई बन्धक बनाइ लगेको अधिकारीहरुले बताएका छन् ।
माधव पोख्र्रेललाई भने उनीहरुले भालुवाङमै छोडेर बुढाथोकीलाई मात्रै प्यूठान पु¥याको स्रोतले बताएको छ । मोहन बुढाथोकीमाथि उनीहरुले कुटपिटपनि गरेको पाइएको स्रोतले बताएको छ ।
