२०८३ असार २७ गते शनिवार

रात्रिबस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

दाङ ,असोज ३० । डडेल्धुरामा भएको बस दुर्घटना परि चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार थप १२ जना घाइते छन् ।

महेन्द्रनगरबाट बैतडीको पुचौंडी तर्फ जाँदै गरेको ना ८ ख १०७८ नम्बरको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

दुर्घटनामा परि बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, उनका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते छन्।
चालकको धनगढीमा उपचार भइ रहेको छ भने अरु घाइतेको डडेल्धुरामा उपचार जारी छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *