दाङ,असोज २५ । श्रीमानले श्रीमतिमाथि खुर्पा प्रहार गरि गम्भीर घाइते तुल्याएका छन् । श्रीमतिमाथि खुर्पा प्रहार पछि उनले आँफुमाथिपनि आँफै खुर्पा प्रहार गर्दा गहिरो घाउ खत लागेको छ ।
जिल्लाको दंगीशरण गाउँपालिका – ६ बागरका ५२ बर्षीय राजकुमार बादीले श्रीमति ४० बर्षीया निरा बादीलाई खुर्पा प्रहार गरि गम्भीर घाइते तुल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
तुलसीपुर उपमहानगरपालिका – १३ बखरियास्थित माइती घरमा दिउँसो राजकुमारले श्रीमति निरा माथि खुर्पा प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।
प्रहरी निरीक्षक थापाका अनुसार घरासयी झगडा पछि निरा ८ दिन पहिले माइती घरमा गएकी थिइन ।
त्यसपछि असोज २२ गते राजकुमार पनि श्रीमति निरालाई लिन भनेर माइती घरमा पुगेका थिए । दुई दिन पछि असोज २४ गते दिउँसो उनीहरुका बीचमा फेरि बिबाद भएको र त्यही क्रममा राजकुमारले नजिकै रहेको खुर्पाले श्रीमति निरामाथि अन्धाधुन्द प्रहार गरि गम्भीर घाइते तुल्याएको प्रहरी निरीक्षक थापाले बताए ।
निराको घाँटी, अनुसार, दुबै हातमा गहिरो घाउ खत रहेको छ । श्रीमतिमाथि खुर्पा प्रहार पछि राजकुमार आँफुले आफ्नै टाउकोमा पनि खुर्पा प्रहार गर्दा उनलाई पनि गहिरो घाउ खत लागेको छ ।
घाइते मध्य श्रीमति निरालाई बिहीबार नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित नरसिंह होममा रिफर गरिएको थियो भने राजकुमारको भने तुलसीपुरमै उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।