२०८१ कार्तिक २९ गते बिहिवार

चाडपर्वलाई मध्यनजर गर्दै लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन


तुलसीपुर ,असोज २३ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले चाडपर्व सुरक्षा योजना २०८१ अन्तर्गत प्रदेशभरी ७ हजार बढि प्रहरी परिचालन गरेको छ ।

नेपालीहरुको महान् पर्व वडा दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभर ७ हजार ६४४ प्रहरी परिचालन गरिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी माधव श्रेष्ठकाअनुसार प्रदेश पोष्ट कमाण्डमा १७ जना, प्रदेश रिर्जभ (विपद् गुल्म समेत) १०० जना, जिल्ला कमाण्ड पोष्टमा १३७ जना, जिल्ला रिर्जभ ४८४ जना, क्युआरटी परिचालन ४७४ जना, कार्यालय सुरक्षामा १४२० जनालाई खटाइएको छ ।

त्यसैगरी मोबाइल गस्ती (चारपाँग्रे) ४३४ जना, मोटरसाइकल गस्ती (दुइ पाँग्रे) ४६१ जना, पैदल गस्ती ४९१ जना, पिकेट ८६८ जना, ट्राफिकसहितको संयुक्त चेकिंग २१४ जना, भिभिआइपी, तथा भिआइपीको सुरक्षा १६५ जना, सादा पोशाकमा ११२ जना सुरक्षा कर्मी खटिएका छन् ।

यात्रु सहायता कक्षमा १६० जना, धार्मिक तथा पर्यटकीय स्थलहरुमा १६५ जना, राजमार्ग स्कटिंग १५४ जना, लोकमार्गमा क्रस पेट्रोलिँग हतियारसहित २६३, २४औं घण्टा राजमार्ग विशेष चेकिंग २८७ जना, ग्रामिण गस्ती २७२ जना, बजार अनुगम टोलीमा २२१ जना खटाईएको एसएसपी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गुण्डागर्दी नियन्त्रणतर्फ ६६ जना, तालिम प्राप्त कुकुरसहित ७ जना, ड्रोन क्यामराबाट अनुगमन १३ जना, बैंक तथा वित्तिय संस्था, सुनचाँदीको कारोबार हुने तथा आर्थिक कारोबार बढी हुने स्थानको सुरक्षार्थी २१८ जना, ट्राफिक सहितको भिग्रस चेकिंग ९० जना र थप मद्धतका लागि ४२० जना खटाइएको छ ।

त्यसका साथै हिन्दुहरुको महान चाडपर्वलाई लक्षित गरि प्रदेश प्रहरी कार्यालयको मातहतका वडा क्षेत्रहरुमा विभिन्न किसिमका घटनाहरु घट्न सक्ने भएकाले चाडपर्व सुरक्षा योजना प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको हो ।

सिनियर प्रहरी अधिकृतको कमाण्डमा पाँच जनाको संख्यामा दुई वटा अनुगमन टोली प्रदेशभरी खटाइने एसएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *