तुलसीपुर, असोज २३ । दाङ प्रहरीले हप्ता दिनमै ५० किलो एक सय ५२ ग्राम लागु औषध बरामद गर्न सफल भएको छ ।
हप्ता दिनको अवधिमा दश ग्राम तीन सय ४० मिलिग्राम ब्राउन सुगर, ११ केजी एक सय ८० ग्राम अफिम र ३८ केजी नौ सय ७२ ग्राम चरेश बरामद गरेको छ । असोज १६ देखि २२ गतेसम्म प्रहरीले ५० केजी बढी लागु औषध बरामद गरेको हो ।
प्रतिबन्धित लागु औषध ओसार पसार तथा ब्यापारमा संलग्नहरु मध्य हप्ता दिनमा १६ पुरुष र २ महिला १८ जनालाई पक्राउ गरि प्रहरीले मुद्दा चलाइ अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले बताए ।
मंगरबार मात्रै प्रहरीले दाङको इतिहासमै सबैभन्दा बढी ३८ किलो नौं सय सय ७२ ग्राम चरेश र ११ किलो एक सय ८० ग्राम अफिमसहित पक्राउ परेका मानिसहरु सार्वजनिक गरेको थियो ।
सुराकका आधारमा जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाको नेतृत्वमा खटिएको दश जना प्रहरीले मंगलबार दिउँसो २ बजेतिर घोराही उपमहागनरपालिका – १८ मसिनामा पैदल हिडिरहेका रुकुम पूर्व जिल्लाको पूथाउत्तरगंगा गाउँपालिका – ४ का ३७ बर्षीय सुबिन्द्र पुन, पूथाउत्तरगंगा – ३ का ५१ बर्षीय चेतन बुढालाई खान तलासी गर्दा ठूलो परिमानमा अफिम फेला पारेपछि नियन्त्रणमा लिएका थिए ।
उनीहरुले त्यो लागु औषध रुकुम पूर्व घर भइ हाल घोराही – १८ मसिनामा कोठा भाडामा बस्ने ४२ बर्षीया बिनी पुनबाट खरिद गरि ल्याएको बताएपछि प्रहरी पुनको कोठामा पुगेको थियो । पुनको कोठाबाट पनि प्रहरीले लागु औषध बरामद गरेको थियो ।
जिल्लामा प्रहरी प्रमुखको रुपमा एसपी अर्जुनप्रशाद तिमिल्सिना लगाएतका प्रहरी अधिकारीहरु सरुवा भइ आएपछि लागु औषध कारोबारीमाथिको कारबाही तीब्र पारिएको छ ।