तुलसीपुर, असोज २३ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका – १९ कुटीचौरस्थित शान्ति कर्मकोट सामुदायिक वनमा जुवा खेली रहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
मंगलबार दिउँसो रोल्पाको परिवर्तन गाउँपालिका – २ का २८ बर्षीय हिमाल वली, दाङ घोराही – १२ का ३३ बर्षीय जिवराज रावत, घोराही – ८ का ३७ बर्षीय केशब शाह, घोराही – १३ का ३० बर्षीय सुर्य बोहरा र बंगलाचुली गाउँपालिका – ३ का ३० बर्षीय केदार परियार पक्राउ परेका थिए ।
उनीहरुको साथवाट ७० हजार एक सय दश रुपैंया बरामद भएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि तुलसीपुर र घोराहीवाट जुवाडेहरु पक्राउ परेका थिए ।
हप्ता दिनको अवधिमा प्रहरीले जिल्ला भर २० जुवाडे पक्राउ गरेको छ । ्रहरीले हप्ता दिनमा २० जुवाडे पक्राउ गरेको छ ।
उनीहरुबाट तीन लाख एक हजार एक सय ५० रुपैंया बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले सार्वजनिक गरेका छन् ।